वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त
सरकारले मुख्यसचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानीमन्त्री महिन्द्र राय यादवले जानकारी दिए।
अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए। बैठकले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा पनि स्वीकृत गरेको छ।
सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।