प्रस्तावित प्रधानन्यायाधीशसँग सांसदहरूको सवालजवाफ सर्यो
प्रधानन्यायाधीशमा सिफारिश भएका न्यायाधीश हरिकृष्ण कार्कीसँगको सवालजवाफ बिहीबार हुन सकेन।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा न्यायाधीश कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरे। ११ बजे प्रतिनिधि सभा बैठक भएकाले सवालजवाफ कार्यक्रम शुक्रबारका लागि सारिएको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपतिशमशेर जबराले जानकारी दिए।
संवैधानिक परिषद्ले २५ वैशाखमा कार्कीको नाम सिफारिश गरेको थियो।