इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनेको प्रस्तावित प्रधानन्यायाधीश कार्कीको स्पष्टीकरण
कार्की विरुद्ध २९ उजुरी दर्ता परेका छन्।
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्च अदालतको न्यायाधीश बनेको बताएका छन्। संसदीय सुनवाइ समितिमा सोधपुछका क्रममा कार्कीले तत्कालीन प्रधानन्यायाधीशले पटक पटक बोलाएपछि इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनेको बताएका हुन्।
सुनुवाइमा उनले अहिले पनि परिस्थितिजन्य कारणले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको बताएका छन्।
बुधबार उजुरीकर्तासँग छलफल गरेपछि समितिले आज बिहानबाट कार्कीको सुनुवाइ शुरू गरेको थियो। कार्की विरुद्ध २९ उजुरी परेका छन्।