अनधिकृत रूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय पक्राउ
उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउने तयारी भइरहेको छ।
अनधिकृत रूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास, निवास गाइन, निरञ्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री गर्दै आएका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए। उनले भने, “उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं।”
पक्राउ परेकाहरूले अनधिकृत रूपमा औषधि पसल चलाउँदै उपचार समेत गर्दै आएका थिए।