मह मीठो भीरमौरीको (तस्वीरहरू)
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका बासिन्दा यति वेला तेरावा भीर र माखाम्ला महभीरमा भीरमौरीको मह काढ्न थालेका छन्।
स्थानीय बासिन्दाले डोरीको भर्याङमा झुन्डिएर भीरमौरीको मह निकाल्ने गरेका छन्। उनीहरू हरेक वर्ष ज्यानै जोखिममा राखेर मह निकाल्ने गर्छन्।
भीरबाट मह निकाल्ने उनीहरूको पुर्ख्यौली पेशा हो। स्थानीयका अनुसार घरपालुवाभन्दा भीरमौरीको मह मीठो हुन्छ। हरेक वर्ष कम्तीमा डेढ लाख आम्दानी हुने गरेको स्थानीय हस्तराम राई बताउँछन्।