प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया
३ नम्बर प्रदेशको मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिश भएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले थपलियालाई सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ ।
काठमाडौं महानगरपालिका १४ कलङ्की निवासी थपलिया २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा छन् ।
उनी दुई वर्षअघि वरिष्ठ अधिवक्ता भएका थिए ।
उनले तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम समेत गरेका थिए ।