प्रधानमन्त्री दाहाल र भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो।
दशक लामो सशस्त्र द्वन्द्व सञ्चालन गरेको नेकपा (माओवादी)को नेतृत्व गरेका दाहाल र भट्टराई विरुद्ध पूर्व बाल सेनाका तर्फबाट लेनिन विष्टले २८ जेठमा रिट दर्ता गरेका थिए। रिट निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने? भन्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।