मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेश प्रदेश सभामा १०७ जना सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्। नेकपा (एमाले)ले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।
आज साँझ ५ बजे प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। नेकपा (एमाले)ले गत जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
संवैधानिक व्यवस्था अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ। हाल एमाले बाहेक सबै दल प्रदेश सरकारमा सहभागी छन्।
मधेश प्रदेश सभामा १०७ जना सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।