पूर्वमन्त्री सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ ।
सिंहको सप्तरीको राजविराज नगरपालिकास्थित आफ्नै निवासमा बिहान ६ बजे निधन भएको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।
८७ वर्षीय सिंह उच्च रक्तचापका बिरामी थिए ।
असोज १९८९ मा जन्मिएका सिंह २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री भएका थिए ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् ।