मौसम: बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, बंगालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यति वेला कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेश र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।