च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई, ‘ट्रेबल’ जित्ने दोस्रो टीम
म्यानचेस्टर सिटीले यो सिजनको च्याम्पियन्स लिग, इङ्लिश प्रिमियर लिग र एफए कप तीन वटै उपाधि हात पारेको छ।
च्याम्पियन्स लिग फूटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। गएराति सम्पन्न इन्टर मिलान विरुद्धको खेलमा म्यानचेस्टर सिटी १-० गोल अन्तरले विजयी भएको हो।
सिटीका लागि खेलको ६८औं मिनेटमा रोड्रीले गोल गरेका थिए।
यो जित म्यानचेस्टर सिटीको ‘ट्रेबल’ जित समेत हो। अर्थात् यो सिजनको च्याम्पियन्स लिग, इङ्लिश प्रिमियर लिग र एफए कप तीन वटै उपाधि म्यानचेस्टर सिटीले जितेको छ। यसअघि यस्तो ट्रेबल जित्ने टीम म्यानचेस्टर यूनाइटेड मात्र थियो। उसले सन् १९९९ मा यी तीन वटै उपाधि हात पारेको थियो।
सिटीले पछिल्ला ६ वर्षमा पाँच पटक प्रिमियर लिगको उपाधि जितेको छ। पाँचै पटक उपाधि जित्दा टोलीका प्रशिक्षक पेप गुआर्डिओला छन्।