साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
असार पहिलो साता हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा गरिएको छ।
राष्ट्रिय फूटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार नेपाली टोली घोषणा गरेका हुन्। साफ तयारीका जेठ १७ मा ३० खेलाडी छनोट भएका थिए। उनीहरूमध्ये २३ खेलाडी छनोट भएका छन्।
आगामी असार ६ गतेदेखि भारतको ब्याङ्लोरमा साफ च्याम्पियनशिप शुरू हुँदै छ। नेपाल रहेको समूहमा भारत, कुवेत र पाकिस्तान छन्।
नेपालले असार ७ मा कुवेत, असार १० मा भारत र असार १३ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल टोली:
गोलरक्षक: किरणकुमार लिम्बू, दीप कार्की र विशाल श्रेष्ठ।
डिफेन्डर: विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा।
मिडफिल्डर: पूजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू र आभास लामिछाने।
फरवार्ड: आयुष घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर।