मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ।
करीब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डा. साहको आज बिहान निधन भएको परिवारजनले जानकारी दिएका छन्। उपकुलपति साह दुई महीनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
काठमाडौंमा उपचार सम्भव नभएपछि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो। डा. साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन्।
डा. साहलाई मधेश प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको थियो।