सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ। आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।