दोर्दीखोलामा बाढीले बगाएका तीनको सनाखत , सात अझै भेटिएनन्
लमजुङकाे दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ ।
८ साउनमा आएको बाढीले बगाएर मृत्यु भएका मध्ये पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।
भेटिएको एउटा शवको अझै सनाखत हुनसकेको छैन ।
बाढीमा परेका सातजना अझै फेला परेका छन् । अन्य आठ जना घाइते भएका छन्।
घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
हराएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
शव भेटिएका, घाइते र बेपत्ता भएका सबै दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।
हराएका मध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।