सुर्खेतमा बाढी प्रभावित ३४ घरपरिवारको पुनःस्थापना
सुर्खेतमा बाढीबाट विस्थापित ३३ घरपरिवारलाई पुनःस्थापना कर्णाली प्रदेश सरकारले उद्धार गरी पुनःस्थापना गरेको गरेको छ ।
१४ साउनमा आएको बाढीबाट विस्थापित वीरेन्द्रनगर नगरपालिका–९ र १० का बाढीपीडितलाई हो ।
डुबानमा परेका भू–भागका नागरिकलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उद्धारमा खटिएको ६५ प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार गरेको प्रवक्ता क्षेत्रीले बताए ।
बाढीबाट वीरेन्द्रनगर–९ सुर्खेतका नौ घर, वडा नं १० मा कृषि फर्म र पशुचौपाया, र वडा नम्बर १२ मा ८० घार मौरी घार पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएको छ।