प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको राष्ट्रिय सभा बैठक सर्यो
जेठ २३ गतेका लागि निर्धारित राष्ट्रिय सभा बैठक सरेको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार बैठक जेठ २४ बिहान ११ः ११ बजेलाई सारिएको हो। बैठक सार्नुको कारण भने गौतमले खुलाएका छैनन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा वक्तव्य दिने, अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।