आज विश्व वातावरण दिवस मनाइँदै
वातावरण विभागले वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्दै यस दिवस भव्य र सभ्य रूपमा मनाउन अनुरोध गरेको छ।
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने मूल नाराका साथ आज विश्वभर वातावरण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाउने गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्दै आआफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रूपमा मनाउन सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।