भारत भ्रमणबारे यस्तो छ प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने बलियो सहमति बनेको बताएका छन्।
भारतको चारदिने भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै जलविद्युत् आयोजनामा लगानी भित्र्याउने गरी महत्त्वपूर्ण सहमति भएको बताए।
“विभिन्न जलविद्युत् आयोजनामा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायत संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केही महत्त्वपूर्ण सहमति भएको छ,” दाहालले भने।
यससँगै बाङ्लादेश बिजुली निर्यातका लागि बाटो खुलेको पनि उनले बताए। “दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बाङ्लादेशसम्म नेपालबाट जलविद्युत् निर्यातको शुरूआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ,” दाहालले भने, “भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ। उर्जा व्यापार सम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिटै हुँदै छ।”
भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ब्रिफिङ’: