जातजाति र धर्मका आधारमा कसको जनसंख्या कति?
राष्ट्रिय जनगणना, २०७८ का आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले जातजाति र धर्मको जनसंख्या विवरण सार्वजनिक गरेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिशका आधारमा विवरण सार्वजनिक गरिएको हो। जस अनुसार नेपालमा १४२ जातजाति रहेको देखिएको छ। २०६८ सालको जनगणनामा जातजाति १२५ रहेका थिए भने अहिले १७ जातजाति थपिएका छन्।
यससँगै मातृभाषाको सङ्ख्या १२४ रहेको छ। २०६८ सालको जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको सङ्ख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरिएको थियो। अहिले भने नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम गरिएको जनाइएको छ।
त्यस्तै, नेपालमा १० वटा धर्म मान्ने नागरिक रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। पछिल्लो १० वर्षमा केही धर्मावलम्बीको जनसंख्या बढेको छ भने केहीको घटेको छ।
जनगणना अनुसार सबैभन्दा बढी हिन्दू रहेका छन्। हिन्दूको जनसंख्या ८१ प्रतिशत रहेको छ।