एमाले सचिवहरूले पाए प्रदेश इन्चार्जको जिम्मेवारी
नेकपा (एमाले)ले केन्द्रीय सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।
पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले ६ प्रदेशका इन्चार्ज तोक्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बागमती प्रदेश भने केन्द्रीय सचिवालयले हेर्ने ज्ञवालीले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर निलम्बित सचिव टोपबहादुर रायमाझी बाहेक सबै सचिवले जिम्मेवारी पाएका हुन्।
एमालेका प्रदेश इन्चार्ज:
सुदूरपश्चिम: छविलाल विश्वकर्मा
कर्णाली: लेखराज भट्ट
लुम्बिनी: पद्मा अर्याल
गण्डकी: गोकर्ण भट्ट
मधेश: योगेश भट्टराई
कोशी: रघुवीर महासेठ
बागमती: केन्द्रीय कार्यालय (संयोजन)