एमाले केन्द्रीय कमिटीमा थपिए १३ जना, उपाध्यक्षहरूले पाए जिम्मेवारी
नेकपा (एमाले)ले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
त्यस्तै, बैठकले पार्टी उपाध्यक्षहरूलाई विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ। योजना र नीतिसँग सम्बन्धित विभाग ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग सम्बन्धित सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासँग सम्बन्धित रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव स्रोतसँग सम्बन्धित युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धित सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धित विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।