प्रधानमन्त्री दाहालले गेरुवा वस्त्र लगाएर गरे महाकालेश्वरको पूजा
प्रधानमन्त्री पुष्पकमल दाहालले गेरुवा वस्त्र लगाएर भारतको मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन्।
चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शुक्रबार मन्दिरमा पूजा गरेका हुन्। उनले मन्दिरमा १०८ किलोग्राम रुद्राक्ष चढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि नयाँ दिल्लीबाट दाहाल इन्दौर पुगेका थिए। उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानले इन्दौरमा स्वागत गरेका थिए।
जेठ १७ गते भारतको चारदिने भ्रमणमा गएका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।