मौसम: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुन सक्ने
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।
यति वेला सुदूरपश्चिम प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।