प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ। भेटका क्रममा नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्। यसअघि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ १७ मा नयाँ दिल्ली पुगेका थिए। भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किनेछन्।