उत्तर कोरियाली भू-उपग्रह बोकेको रकेट दुर्घटनाग्रस्त, तुरुन्तै दोस्रो प्रयास गरिने
‘प्रोपल्सन’ गुमेका कारण उत्तर कोरियाली भू-उपग्रह बोकेको रकेट दुर्घटनाग्रस्त भएको छ।
अमेरिकी र दक्षिण कोरियाली सैन्य गतिविधि निरीक्षण गर्न भनी प्रक्षेपण गरिएको उत्तर कोरियाली भू-उपग्रह (मेल्लिग्योङ- १) बोकेको रकेट दुर्घटनाग्रस्त भएको छ। ‘चोल्लिमा- १’ नाम दिइएको उक्त रकेट पश्चिम सागरमा दुर्घटनाग्रस्त भएको हो।
उत्तर कोरियाको राज्यनियन्त्रित समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार पहिलो चरणमा सामान्य रूपमा उडेको रकेटको इन्जिन दोस्रो चरणमा अस्वाभाविक रूपमा चलेको थियो। त्यस कारण रकेटको ‘प्रोपल्सन’ गुमेर दुर्घटना भएको हो।
उत्तर कोरियाको नेशनल स्पेस डेभलपमेन्ट एजेन्सीले तत्कालै असफलताको अनुसन्धान गर्ने र भू-उपग्रह प्रक्षेपणको दोस्रो प्रयास सक्दो छिटो शुरू गर्ने पनि जनाएको छ।
-एजेन्सी