रेशमको रिहाइ कानूनी राज्यको उपहास, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरः पूर्व सुरक्षाकर्मी परिषद्
पूर्व सुरक्षाकर्मी परिषद् नेपालले रेशम चौधरीको रिहाइले कानूनी राज्यको उपहास भएको जनाएको छ।
टीकापुर घटनामा दोषी ठहर भएका चौधरीको रिहाइले आगामी दिनमा सरकारले परिचालन गर्दा सुरक्षाकर्मीले जिम्मेवारी वहन गर्न असमर्थ हुने कुरा नकार्न नसकिने परिषद्द्वारा जेठ १६ गते जारी विज्ञप्तिमा उल्लेख छ। “रेशम चौधरीलाई आममाफी दिइरहँदा मृतक सुरक्षाकर्मीका पीडित परिवारलाई राज्यले कस्तो न्याय दिन्छ?” विज्ञप्तिमा भनिएको छ।
परिषद्ले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ। परिषद्ले भनेको छ, “...राज्यको ढुकुटी खर्च गरी तयार गरिएको उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरियोस्।”