कामु प्रधानन्यायाधीश कार्की विरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की विरुद्ध संसदीय समितिले उजुरी आह्वान गरेको छ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले कामु प्रधानन्यायाधीश कार्की सम्बन्धी उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका अनुसार उजुरी १० दिनभित्र इमेल वा पत्र मार्फत पठाउन सकिनेछ।
उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ।
संवैधानिक परिषद्ले वैशाख २५ मा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको थियो।