आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य सार्वजनिक गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनबाट आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुने बताए।
यो वर्ष सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो। तर, आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तलै हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।
बजेटले आगामी वर्ष मूल्यवृद्धि दर ६.५ प्रतिशतमा सीमित राखिने पनि उल्लेख गरेको छ।