रसुवागढी-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने
सरकारले चीनको सीमावर्ती क्षेत्र रसुवागढीदेखि काठमाडौंसम्म चिनियाँ रेल भित्र्याउन विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ।
अर्थमन्त्री प्रकशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि उत्तरी छिमेकी मुलुकदेखि रेल ल्याउने पहल शुरू भएको थियो।
त्यस्तै, वीरगन्जदेखि काठमाडौं जोड्ने रेलमार्गको पनि विस्तृत सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्री महतले बताएका छन्।