आईएनजीओको नियमन गरिने
सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूको कामलाई नियमन गर्ने भएको छ।
समाज कल्याण परिषद्मार्फत आईएनजीओहरूको कामलाई नियमन गरिने सोमबार सार्वजनिक गरिएको बजेटमा उल्लेख छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आईएनजीओहरूको कार्यक्रम र खर्चलाई राष्ट्रिय आवश्यकताका आधारमा परिचालन गरिने नीति लिइने बताए।