ढुङ्गागिट्टी निर्यात कार्यक्रम बजेटमा समेटियो
सरकारले ढुङ्गागिट्टी निर्यात कार्यक्रम अघि सारेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै वातावरणीय प्रभाव नपर्ने गरी ढुङ्गागिट्टी निकासीका लागि आधार तयार गरिने उल्लेख गरे।
यसअघि सरकारको नीति तथा कार्यक्रमले पनि ढुङ्गागिट्टी निर्यातको कुरा उल्लेख गरेको थियो। वातावरणविद्ले यस्तो कार्यक्रमले संवेदनशील चुरे क्षेत्र जोखिममा पार्न सक्ने भनी आलोचना गर्दै आएका छन्।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा ढुङ्गागिटी निर्यातको योजना अघि सारेका थिए। त्यसको चर्को विरोध भएपछि रोकिएको थियो।