विन्दवासिनी कंसाकारले लिइन् सांसदको शपथ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसदमा सिफारिश भएकी विन्दवासिनी कंसाकारले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित भएकी हुन्।
दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको थियो। उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसदमा सिफारिश गरेको थियो।