जनमत पार्टीका दुई सांसदलाई निष्कासन गर्न सिफारिश
जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासनका लागि सिफारिश गरेको छ।
कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसदद्वय सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्ने निर्णय गरेको हो। दुवै जनालाई सांसद पदबाट निष्काशन गर्न सिफारिश गरेको प्रवक्ता चन्दन सिंहले बताए।
प्रवक्ता सिंहले भने, “उहाँहरू पार्टीको चेन अफ कमान्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिश गरिएको हो। अनुशासन विभागमा यो विषय राखिएको छ।”
जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा अनुशासन विभाग रहेको छ। अनुशासन विभागले यस विषयमा आवश्यक निर्णय गर्ने पनि उनले जानकारी दिए।