लोसपा पनि मधेश सरकारमा सहभागी
मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएको छ।
लोसपा एउटा मन्त्रालय लिएर बिहीबार सरकारमा सहभागी भएको हो। लोसपाका रमेशप्रसाद कुर्मी वन तथा वातावरण मन्त्री बनेका छन्।
उनले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका सिफारिशमा प्रदेश प्रमुख मिश्रले बिहीबार नै कुर्मीलाई मन्त्री नियुक्त गरेका थिए। उनी गत मंसीर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा पर्सा २ (ख) बाट निर्वाचित भएका थिए।