नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकीलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। यसमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जनालाई विपक्षी बनाइएको छ।
उनीहरू विरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी गरी चार कसूरमा अभियोग लगाइएको छ। उनीहरूबाट २७ करोडभन्दा बढी रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रहरीले दुई दिनअघि सरकारी वकीलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गरेको हो।
को को विरुद्ध भयो मुद्दा दर्ता?
१) केशवप्रसाद दुलाल,
२) सानु भण्डारी,
३) सागर राई,
४) सन्देश शर्मा
५) टंककुमार गुरुङ,
६) इन्द्रजीत राई,
७) टोपबहादुर रायमाझी,
८) सन्दीप रायमाझी,
९) टेकनारायण पाण्डे,
१०) नरेन्द्र केसी,
११) गोविन्द चौधरी,
१२) रामशरण केसी,
१३) बालकृष्ण खाण,
१४) आङटावा शेर्पा,
१५) शमशेर मियाँ,
१६) टेकनाथ रिजाल,
१७) केशव तुलाधर,
१८) लक्ष्मी महर्जन,
१९) हरिभक्त महर्जन,
२०) अशोक पोखरेल,
२१) धिरेन राई,
२२) दीपा हुमागाईं,
२३) निरज राई,
२४) राजेश अर्याल,
२५) मोहनराज राई,
२६) आशिष बुढाथोकी,
२७) सावदेन लिम्बू,
२८) निरञ्जनकुमार खरेल,
२९) सुनील बुढाथोकी,
३०) प्रतीक थापा।