नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पौडेललाई शपथ खुवाएका हुन्।
त्यस्तै, राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दहालले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति पौडेलले दुवै जनालाई जेठ ९ मा मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए। उनीहरूको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।