कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आजदेखि, नीति तथा कार्यक्रमबारे छलफल हुने
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आज दिउँसो ३ बजे बस्ने भएको छ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि शुरू हुने भएको छ। प्रदेश सभाको पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो।
जेठ ४ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गरिएको थियो। सोही अनुसार कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्।
आजको बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर छलफल हुने जनाइएको छ। (रासस)