पश्चिमी र स्थानीय वायुको प्रभावले लुम्बिनी र गण्डकीमा वर्षा
आज कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यति वेला लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि बिहानैदेखि सामान्य बदली रहेको छ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।