प्रतिनिधि सभा बैठकमा आज नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १० औं बैठकमा आज नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।
प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १०औं बैठक आज बिहान ११ बजे बस्नेछ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ- ‘सम्माननीय राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने।’
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि जेठ ७ गते आइतबारदेखि नै यसमाथि संसद् बैठकमा छलफल भइरहेको छ।