तस्वीरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा
ललितपुरको लगनखेलबाट रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएको छ।
ज्योतिषीले दिएको शुभ साइत अनुसार सोमबार अपराह्न ३ः४९ बजेदेखि रथ तान्न थालिएको हो। सोमबार लगनखेलबाट रथ तानेर जावलाखेल पुर्याइएको छ।
रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिने गरिएको छ। यो काठमाडौं उपत्यकामा चल्ने सबैभन्दा लामो जात्रा हो। वैशाख कृष्ण प्रतिपदादेखि शुरू भएको यात्रा असार शुक्ल चतुर्थीसम्म चल्नेछ।