विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोली घोषणा
आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली प्रारम्भिक टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको नेतृत्वमा २२ सदस्यीय टोली घोषणा गरेको हो। विश्वकप छनोट प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ।
नेपाली प्रारम्भिक टोलीमा कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामछिाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनाश बोहरा छन्।
विश्वकप छनोट प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन्। नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्।
त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, ओमन, स्कटल्यान्ड, श्रीलंका र यूएई छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।