सरकारले ५० युनिटसम्म खपत गर्ने घरपरिवारलाई निःशुल्क बिजुली दिने
सरकारले हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली खपत गर्ने घरपरिवारलाई निःशुल्क विद्युत् वितरण गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा निःशुल्क विद्युत् वितरण गरिने उल्लेख छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
सरकारले अहिले मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने घरपरिवारलाई निःशुल्क विद्युत् उपलब्ध गराइरहेको छ। यस अनुसार मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने घरपरिवारले डिमान्ड शुल्कका रूपमा ३० रुपैयाँ मात्र तिर्दा पुग्छ।