हुम्लालाई आगामी वर्ष सडक सञ्जालले जोडिने
दुर्गम हिमाली जिल्ला हुम्लालाई आगामी वर्ष सडक सञ्जालमा जोडिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुम्लालाई सडक सञ्जालमा जोडिने बताएका हुन्। आगामी वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।
देशका ७७ जिल्लामध्ये हुम्ला मात्रै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। हुम्लावासीले सडकसम्म पुग्न घन्टौं हिंड्नुपर्छ।
यससँगै सरकारले महाकाली र कर्णाली करिडोरलाई प्राथमिकतामा राखेको छ। यसका लागि तीनै तहका सरकारबीच समन्वय गरेर कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।