संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा अर्थतन्त्र सुधारका लागि सरकार लागिरहेको बताए। राष्ट्रपति पौडेलले पहिलो पटक संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।