फ्राइडे-रिलिज: ‘डाकिनी’, ‘ए साथी सुन’ र ‘फास्ट एक्स’ सिनेमाघरमा
आजबाट दुई नेपाली र एक हलिउड फिल्म नेपाली सिनेमाघरमा प्रदर्शनमा आएका छन्।
आजबाट नेपाली सिनेमाघरमा तीन वटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। दुई वटा नेपाली र एउटा हलिउड फिल्म प्रदर्शनमा आएका हुन्।
हलिउड फिल्म फास्ट एक्स एक्शन, एड्भेन्चर, क्राइम विधामा निर्माण गरिएको छ। दुई घन्टा २१ मिनेटको यो फिल्मको निर्देशन लुइस लेटेररियरले गरेका छन्।
फिल्ममा भिन डिजेल, जोर्डाना ब्रुस्टर, टाइरिज गिब्सन, माइकल रोड्रिग्वेज लगायत कलाकारको मुख्य भूमिका छ। यस्तै रेस्लिङ हुँदै अभिनयमा आएका जोन सिनाको अभिनय पनि यो फिल्ममा देख्न सकिन्छ।
प्रदर्शनमा आएको नेपाली फिल्म हो- ए साथी सुन। एक घन्टा ४० मिनेट लामो यो फिल्न सस्पेन्स/थ्रिलर विधामा निर्माण गरिएको छ। फिल्मका निर्देशक रामराघव आचार्य हुन्। यसमा वर्षा शिवाकोटी, रमेश बानियाँ, जयनन्द लामा, अयान खड्का लगायत कलाकारको अभिनय छ।
यस्तै फिल्म डाकिनी पनि आजबाट प्रदर्शनमा आएको छ। यो फिल्म सीमित सिनेमाघरमा मात्र प्रदर्शन गरिएको छ। हालसम्म क्यूएफएक्स मल्टिप्लेक्समा मात्र यो चलचित्र प्रदर्शन गर्ने तालिका रहेको छ।
एक घन्टा ५४ मिनेट लामो यो फिल्म थ्रिलर विधामा बनेको छ। यसमा छिरिङ तासी ग्यालथाङ, टुल्कु कुङजाङ, गवाङ तेन्जिन, तेन्जिन कुन्सेल लगायतको अभिनय छ। फिल्मका निर्देशक ख्येन्से नोर्बु हुन्।