भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंमा प्रदर्शन गरेको छ।
एकीकृत समाजवादीले बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्न एकीकृत समाजवादीले माग गरेको छ।
विरोध प्रदर्शनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू सहभागी छन्।