धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न माओवादी नेताको माग
सत्तारूढ नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न माग गरेका छन्।
प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जेठ ३ मा ज्ञापनपत्र बुझाउँदै शर्माले जनमत संग्रह गर्न माग गरेका हुन्। शर्माले भनेका छन्, “राष्ट्रिय विवाद र बहसका रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्षता वा हिन्दू राष्ट्रबारे जनमत संग्रह मार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस्।”
संविधानको धारा ४ मा नेपाल ‘धर्मनिरपेक्ष’ राज्य हो भनिएको छ। धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने संविधानमा व्यवस्था छ।