एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपा (एमाले)ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बताए। सरकारमा सहभागी भएको दुई महीनापछि एमालेले समर्थन फिर्ता लिएको हो।
गत चैत २ गते मधेश सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो। गत पुस १० गते एमाले सरकारमा सहभागी भएको थियो। एमालेको भागमा चार मन्त्रालय परेका थिए।
राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेशमा पनि एमालेले सरकार छोडेको थियो। प्रदेश सभामा एमालेका २५ सांसद छन्। प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्नेछ। तथापि, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलको समर्थन पाइरहेका मुख्यमन्त्री यादवसँग बहुमत छ।