हेटौंडामा पनि चल्यो डोजर (तस्वीरहरू)
हेटौंडा उपमहानगरपालिकाले पनि सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ।
हेटौंडा बजार क्षेत्रका घरका छाना हटाउन शुरू गरिएको छ। सडक क्षेत्र अतिक्रमण हुने गरी निर्माण गरिएका छत हटाउन थालिएको उपमहानगरले जनाएको छ। व्यवसायीले भने यसको विरोध गरेका छन्।
एक सातादेखि छत हटाउन थालिएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए। “केही घरधनीले आफैं छाना हटाएका छन्, धेरै ठाउँमा बल प्रयोग गर्नुपरिरहेको छ,” ढकालले भने, “हाम्रो जनशक्ति परिचालन गरेर छाना हटाइरहेका छौं।”
अहिलेसम्म ३८० वटा घरको छाना हटाइएको ढकालले बताए। उनका अनुसार हेटौंडाको सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएका एक हजार घरका छाना हटाउनुपर्नेछ।